बम राख्ने सेनाका भूपू हवल्दार पक्राउ



ललितपुर, (नेस)
ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेमा सुकुराम मिजारको घरमा ग्रेनेड बम राख्ने एक व्यक्ति पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो। उनी नेपाली सेनाका भूतपूर्व हवल्दार राजकुमार सार्की रहेको जनाइएको छ।

जग्गा दलाली गर्ने मिजारलाई रकम माग्ने उद्देश्यले बम राखेको खुलेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो। सार्कीले आइतबार बेलुकी लेलेको स्थानीय मिजारको घरमा बम राखेका थिए। बम राखेको सोमबार विहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्