प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, उपचारका लागि मनमोहन कार्डियो सेन्‍टरमा भर्ना



न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गरिएको छ ।आज साँझ उनालाई महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भईरहेको छ । ओली यस अघि पनि डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर जाने गरेका थिए।यस पटक प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्