वीरगन्ज नाकामा ‘हेल्थ डेस्क’ स्थापना



कृष्णउदास खनाल,वीरगन्ज।

कोरोना भाइरसका परीक्षणका लागि वीरगन्जका नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ र स्वास्थ्य परिक्षण पनि शुरु भएको छ । चीनबाट कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत फैलन थालेपछि यहाँ पनि ३ जना स्वास्थ्यकर्मीसहित २४ घण्टा सेवा दिने गरी ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

शंकराचार्य गेटनजिक पहिले इमिग्रेसनको अफिस भएको सानो भवनमा स्थापना गरिएको हेल्थ डेस्क परिसरमा वीरगन्ज महानगरपालिकाबाट खटाइएका हेल्थ असिस्टेन्ट एमडी सैनुल्लाह हवारीले सेवा दिइरहनुृ भएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सीमा क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेपछि महानगरपालिकाले कार्यान्वयनमा ल्याएको हो ।वीरगन्ज नाका हुँदै नेपाल आएका १४ जना चिनियाँ, ५ जना युक्रेन, ६ जना भियतनाम, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, इजरायल जस्ता देशबाट आएका ४० जना विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

हेल्थ डेस्कमा कोरोना भाइरसका बारेमा जानकारी लेखिएको पर्चा, दराज, सोफा सेट, स्वास्थ्यकर्मी बस्ने कुर्सी टेबल र एउटा बेड छ । त्यसबाहेक प्रेसर जाँच्नेलगायत केही स्वास्थ्यसँग सम्बन्धित उपकरण छ ।यसबीचमा वीरगन्ज नाका हुँदै नेपाल आएका १४ जना चिनियाँ, ५ जना युक्रेन, ६ जना भियतनाम, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, इजरायल जस्ता देशबाट आएका ४० जना विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

हेल्थ असिस्टेन्ट हवारीका अनुसार हेल्थ डेस्क स्थापनापछि चिनियाँलगायत तेस्रो मुलुकबाट आएका नागरिकको प्राथमिकताका साथ स्वास्थ्य जाँच गर्ने गरिएको छ । हवारीका अनुसार तेस्रो मुलुकका बाहेक केही दक्षिण भारतीय नागरिकको पनि ‘स्कृनिङ’ गरिएको छ । तर वीरगञ्ज नाका हुँदै नेपाल छिर्ने हजारौं नागरिकको स्वास्थ्य परीक्षण नाकामा हुन्न ।

हेल्थ डेस्कमा बसेका महानगरपालिकाका कर्मचारी कामविहीन छन् ।तर नगर प्रमुख विजयकुमार सरावगी नाकामा ‘हेल्थ डेस्क’ त्रिभुवन विमानस्थलमा जसरी नै विदेशी नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बताउउनुभयो । वीरगन्ज नाका हुँदै वर्षेनी १२ सयको हाराहारीमा तेस्रो मुलुकबाट पर्यटक आउने गरेको र उनीहरुकै स्वास्थ्य परीक्षणका लागि हेस्थ डेस्क राखिएको नगर प्रमुख सरावगीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्