करियर स्कुलको टोली रोबोटिक्स प्रदर्शनीमा सर्वाेत्कृष्ट



न्यूज अफ नेपाल,काठमाडौैंं

खुड्किला,‘इन्नोभेसन घर नेपाल’द्वारा कान्तिपुर सीटि कलेज पुतलीसडकमा आयोजना गरेको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीमा पेप्सीकोला टाउनप्लानिङ्गको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीे सर्वाेत्कृष्टभएको छ ।

करियरकाकक्षा ९ काविद्यार्थीहरु सौजन्य खड्का, लसतातुलाधर, प्रत्युषउप्रेती, कृष्ण भण्डारी र सुस्माश्रेष्ठ सम्मिलित टोलीले बनाएको ‘इलेक्ट्रोनिक्स कोड लक सिस्टम’ ले प्रतिष्पर्धामा सहभागीभएकाअन्य २४ वटा विद्यालयलाई उछिनेर पहिलो पुरस्कार जितेको हो ।

यसैगरि करियर स्कुलकै ६ कक्षाकाविद्यार्थीहरु आरसी गौतम, अनिशश्रेष्ठ, विशाल ठाकुर,निर्जलाबानियाँ र सामो तामाङ्गले बनाएको ‘रोबोटिक्स रेस फर द हाइड्रो इलेक्ट्रिक मिशन’ ले रोबोटिक्स टास्क च्यालेन्जप्रतिष्पर्धा र प्रर्दशनीमा तेस्रो स्थानपायो । टोलीमाकरियरका रोबोट र रोबोटिक्स गुरु राजेन्द्र दुलालपनि सहभागीथिए ।

राजधानीका २५ वटा विद्यालयका १०५ वटा रोबोट र रोबोटिक्सका आयोजनाप्रतिष्पर्धा र प्रदर्शनीमा राखिएकाथिए । केहीवर्ष अघिदेखि करियर स्कुलमानियमितरुपमाशुरु गरिएको रोबोट र रोबोटिक्स कक्षाकाकारण राजधानीकाअन्यविद्यालयभन्दाकरियर स्कुलको रोबोटिक्स टिम अग्रणी रहेको कुरा कान्तिपुर सीटि कलेजमाआयोजनागरिएको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीले पुष्टि गरेको करियर स्कुलका शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्