रसुवा जिल्ला अस्पतालमा रहेको फिजियोथेरापी युनिटलाई सामाग्री हस्तान्तरण



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लामा अवस्थीत रसुवा जिल्ला अस्पतालमा रहेको फिजियोथेरापी युनिटलाई सामाग्री हस्तान्तरण गरिएको छ ।

रसुवा अपाङ्ग पुर्नस्थापना केन्द्रले विपदको समयमा प्रभावितलाई वितरण गर्न पुर्नस्थापना सम्बन्धि साहायक सामाग्री वितरण गरेको हो भने १६ प्रकारका ७५ वटा सामाग्री उपलब्ध गराइएको छ । यसको बजार मुल्य ९३ हजार रहेको छ ।

भुकम्पपछि रसुवा जिल्ला अस्पतालमा युनिट स्थापना गरेर फिजियोथेरापी सेवा सुरु गरि दुई जना कर्मचारीद्धारा सेवा प्रदान गरिरहेका छन् । रसुवा सहित भुकम्प प्रभावित सात वटा जिल्लामा थेरापी सेवा सञ्चालन भएको छ । यो फिजियोथेरापी ह्याण्डिक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालन भएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइकेललाई ह्याण्डिक्याप इन्टरनेशनल आर्थिक तथा प्राविधिक सहयोगमा अपाङग पुर्नस्थापना केन्द्रले सामाग्रीको वितरणको फाइल हस्तान्तरण गरिएको छ कुइकेलले अस्पतालको डा. दिपेन लामालाई फाइल हस्तान्तरण गरेको हुन् ।

अपाङग पुर्नस्थापना केन्द्रले एच आइको सहयोगमा स्वास्थ्य र सामाजिक लगाएतका सुरक्षामा अपाङगता भएका महिला, पुरुष, बालबालिकाहरुको सहजता मा कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पताल विकास समितिको अध्यक्ष कुइकेलले भन्नुभयो, ‘यस्तो सामाजिक भावका सेवालाई निरन्तरता दिई आगामि दिनमा पनि सफलता पाओस ।’

यो केन्द्रले उपलब्ध गराएको सामाग्री आपतकालिन अवस्थामा मात्र प्रयोग गरिने र अरु समय जिल्ला विपद व्यवस्थापन समितिको वेयर हाउसमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्