काठमाडौंमा मोनो होइन, मेट्रो रेल



नेपाल समाचारपत्र, काठमाडौं ।
राजधानीमा मेट्रो रेल सरकारले सञ्चालन गर्ने तर मोनोरेल भने नगरपालिका र निजी क्षेत्रबाट चलाउने रेल्बे बिभागका अधिकारीले बताउनुभएको छ। रेल्वे विभागका सिभिल इन्जिनियर किरण कार्कीले सरकारले मेट्रो रेल चलाउने बताउनुभएको हो।
नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँ भन्नुहुन्छ–‘उपत्यकामा सरकारले मोनोरेल सञ्चालन गर्दैन। मेट्रो रेल भने सरकारी स्तरबाट सञ्चालन हुन्छ।’ मेट्रो रेल सुरक्षित र किफायत हुने बिज्ञ बताउँछन्। मोनो रेल सञ्चालनको लागि पिलरमाथि ट्र्याक निर्माण गर्नुपर्छ। ट्रयाक सडकभन्दा करिब ३ फिट माथि निर्माण गरिन्छ। मोनो रेलको पांग्राले ट्रा्याक पकडले र एउटै ट्रायाकमा मोनो रेल गुड्ने हँुदा दुर्घटनाको सम्भाबना निकै न्यून हुने विज्ञहरू बताउँन्। बिजुलीवाट चलाईने मोनो रेल मेट्रो रेल भन्दा ८० प्रतिशत सस्तो पर्ने समेत उनीहरूको भनाइ छ।
राजधानीमा मोनोरेल सञ्चालन गर्न कति सम्भब छ भन्ने सम्बन्धमा मलेसियन कम्पनी पावर ट्रेडले अध्ययन गरेको छ। उसको अध्ययनले चक्रपथको २८ किलोमिटरमा मोनोरेल चलाउन उपयुक्त हुने देखाएको रेल विभागले जनाएको छ। अध्ययनमा आयोजनाको लागत ३ अर्ब र पे ब्याकपीरीयड(लागत उठने समय) १२ देखि १५ बर्ष लाग्ने उल्लेख छ। मोनोरेलवाट दैनिक १ लाख ५ हजार मानिसले सेवा पाउने पनि अध्ययनले देखाएको छ। त्यस्तै साइमेक्स टेक प्रा.लि.ले पनि काठमाडौंमा मोनारेलको सम्भाब्यता अध्ययन गरेको छ। अध्ययनले कीर्तिपुर–एयरपोर्ट लगायतका ५ वटा रूट सिफारिस गरेको छ। जहँ प्रतिघण्टा ८० देखि १ सय ८० कि.मि.गतिमा मोनो रेल गुड्न सक्ने प्रतिबेदनमा उल्लेख छ।
काठमाडौंमा मोनोरेल सञ्चालनको अध्ययन २०१२ बाट भएको भएता पनि बिस्तृत अध्ययन प्रतिबेदन २०१८ सेप्टेम्बरमा मात्र तयार भएको हो। अध्ययनअनुसार २७ दशमलव ५ किलोमिटर चक्रपथमा मोनोरेल मार्ग निर्माण गर्न १ खर्ब १६ अर्ब लाग्ने उल्लेख भएको छ।

प्रतिक्रिया दिनुहोस्