मसल मेनिया बडी बिल्डिङ हुने



काठमाडौं, (नेस)

नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रतियोगिता आगामी वर्षको असोज १० गते हुनेछ। अमेरिकाको फ्रेन्चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल अर्गनाइजेसनले गर्दै छ।

शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन र एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागेको खरेल अर्गनाइजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिए।

राष्ट्रियसभामा हुने प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनसिप, फिगर नेपाल र यु–२२ को विधा गरी पाँचवटा इभेन्ट रहेका छन्। विजेताले १३ डिसेम्बर २०२० मा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

साथै, पाँचै विधाका विजेतालाई आयोजकले पूरै प्रायोजनमा सिगापुर लैजानेछ। प्रतियोगितामा ५ अन्तर्राष्ट्रिय निर्णायकबाट विजेता छानिनेछन्। प्रतियोगिता सञ्चालन गर्न फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्