जेभियर र साइपाल च्याम्पियन



काठमाडौं, (नेस)

जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि सोमबार जितेका छन्। काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेभियरले सीसीआरसीलाई ४८–३९ ले पराजित ग¥यो।

टोलीको जितमा सागर तामाङले १० अंक योगदान गरे। जेभियरले पहिलो क्वाटरमा ११–८ र दोस्रोमा १३–१२ को अग्रता लियो। तेस्रोमा १२–१३ ले पछि परेको जेभियरले चौथो क्वाटर १२–६ ले आफ्नो पक्षमा पा¥यो।

गल्र्सको उपाधि भिडन्तमा दृष्टि श्रेष्ठको ११ अंक सहयोगमा साइपालले मोर्गनलाई ३६–२७ ले हरायो। साइपालले पहिलोमा १२–२ र दोस्रोमा ६–३ को प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो। साइपाल तेस्रोमा ७–९ र चौथोमा ११–१३ ले पछि रह्यो। साइपालको यो वर्ष १०औं उपाधिसमेत हो।

वसुन्धरास्थित ऋत एकेडेमीमा भएको प्रतियोगिताको ब्वाइजमा जेभियरका शिशिर कुँवर तथा गल्र्समा साइपालकी पुनम राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्