चीनले ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउँदै,प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन हुने



बेइजिङ ।

कोराना प्रभावित चीनले बेइजिङमा ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउने भएको छ । कोरोना अर्थात् कोभिड १९ नामक संक्रामक भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीन कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउने हो ।

अधिकारीहरूका अनुसार उक्त्त फ्याक्ट्रीबाट प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन हुनेछन्। आज अर्थात् सोमबारदेखि बनाउन सुरु गरिएको भवन आगामी शनिबारसम्म बनी सक्नेछ ।

उक्त मास्क उद्योगमा काम गर्ने मजुदूरहरुलाई भाईरसको संक्रमणबाट बचाउन प्रत्येक दिन स्वास्थ्य जाँच गरिने र लक्षण देखिएकाहरुलाई अलग्गै राख्ने व्यवस्था गरिएको छ ।

कोभिड १९ अर्थात् कोरोना भाईरसको संक्रमणबाट चीनमा हालम्म १ हजार ७ सय ७२ जनाको मृत्यु भईसकेको छ । साथै भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार ६ सय ३५ पुगेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्