प्रजातन्त्र दिवस भव्यरुपले मनाउन मुल समारोह समिति गठन



बासुदेव शर्मा,जाजरकोट।

जाजरकोटमा ७० औ प्रजातन्त्र दिवस भव्य रुपले मनाउनका लागी दिवस मुल समारोह समिति गठन भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा जिल्ला समन्वय समिति मन बहादुर रावलको अध्यक्षतामा ५१ सदस्य रहने गरि दिवस मुल समारोह समिति गठन भएको छ ।

एकतन्त्रीय निरंकुश पंन्चायती राज्य व्यवस्थाको अन्त्य गरी देशमा आमुल परिवर्तन आएको दिनको रुपमा फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा जाजरकोट जिल्लामा पनि भव्यरुपमा मनाउन जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगाएत सरकोकारवालाहरुको उपस्थितिमा दिवस मुल समारोह समिति गठन गरिएको छ ।

जनताको त्याग तपस्या र वलिदानीबाट देशमा आमुल परिवर्तन भएको नागरिकहरु लगाएत सवैको खुशीयालीको दिन भएकोले प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यस वर्षपनि तिन दिन प्रजातन्त्र दिवस मनाउनको लागी मुल समारो समिति गठन गरिएको छ ।

६ गते जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगाएत नागरिक समाजले खलंगामा सरसफाई गर्ने, ७ गते विहान प्रभातफेरी कार्यक्रम गरी सभामा परिणत भएर प्रजातन्त्रले ल्याएका सुख शान्ति लगाएतका विषयमा प्रवचन कार्यक्रम गर्ने, सरकारी तथा गैर सरकारी कार्यालय लगाएत सवैले तिन दिन सम्म दिपावली गर्ने, ८ गते ३ दिन सम्म संचालन गरिएको प्रजातन्त्र दिवस समापन गर्ने कार्यक्रम तय भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाज लागएत सरोकारवालहरु उपस्थित भएर छोटो मिठो रुपमा कार्यक्रम सम्पन्न गरी नेपाल सरकारको अभियान आफनो दायित्व पुरा गर्न सवैलाई आग्रह गर्नु भएको छ ।

जिल्ला समन्वय समितिका संयोजनक मन बहादुर रावलले जनतालाई अन्धकारबाट उज्यालो तर्फ ल्याएको दिनका रुपमा खुशीयाली स्वरुप मनाउन सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।

नेपाल सरकारको मुख्य दिवसका रुपमा रहेकाले सवै एकजुट भएर कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सरोकारवाला सवैलाई आग्रह गर्नु भयो । प्रजातन्त दिवसकै दिन निर्वाचन दिवस पनि परेकोले जिल्ला निर्बाचन कार्यालय जाजरकोटले त्रिभुवन माध्यामिक विद्यालयमा बक्तृत्व कला प्रतियोगिता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्