कुटपिट गरि साथीको हत्या गर्ने दुई जना जेल चलान



सरोज यादव, विराटनगर।

रक्सी खाएर साथीलाई कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएपछि कुटने साथीलाई पक्राउ गरि मोरङ जिल्ला अदालतले २ जनालाई पूर्पक्षको लागि जेल चलान गरेको छ भने २ जनालाई जनही ३ लाख धरौटी तोकेको छ ।

मोरङ जिल्ला अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाका अनुसार धनपालथान गाउपालिका-४ का शंकर महतो र मानिकचन्द महतोलाइ पूर्पक्षको लागि जेल चलान गरीएको भने घटनाका आरोपित राम विलास महतो र हरीओमकुमार महतोलाई जनही ३ लाख धरौटी तोकिएको वताउनुभयो । राम विलाश र हरिओमले तत्काल धरौटी राख्न नसकेकोले जेल चलान गरीएको श्रेष्तेदार ओझाले जानकारी दिनुभयो ।

घटना विवरण अनुसार गत माघ ४ गते धनपालथानको कर्सियाको १ रक्सी पसलमा जेल चलान भएका साथीसँग सँगै रक्सी खाएका विष्णुदेव मुखियासँग झगडा हुँदा मुखियाको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

रंगेली प्रहरीले शुरुमा ४ जना आरोपितलाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरी कार्वाही थालेको थियो भने पछि मुखियाको मृत्यु भए पछि कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरी कार्वाही थालिएको रंगेली प्रहरी प्रमुख एंव प्रहरी निरीक्षक लेखनाथ दाहालले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्