विप्लव समूहका नेता प्रकाण्डका छोरा बानेश्वरबाट समातिए



न्युज अफ नेपाल,काठमाडौं ।

विप्लव समूहका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विश्वकर्मा आज बानेश्वरबाट समातिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार उनी सोमबार नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । यसअघि पनि उनी विराटनगर विमानस्थलबाट गोलीसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्