आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप, दर्जनौँ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आइतकार बिहान अनेरास्ववियू र नेविसंघबीच झडप भएको छ ।

झडपमा परी नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् । यस्तै, अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने घाइते भएका छन् । झडपमा सामेल दर्जनौँ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई पुलिस क्लवमा राखिएको प्रहरीले जनाएको छ ।

नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्