तामाङलाई ट्रकले किचेर मारेको पुष्टि, ५ दिनपछि चालक पक्राउ



मोतीराम तिमल्सिना, धुलिखेल ।

सडकमा मृत अवस्थामा फेला परेका २९ बर्षिय सन्तबहादुर तामाङलाई प्रहरी अनुसन्धानबाट सवारी दुर्घटनाबाट मृत्यु भएको खुलेको छ । माघ २९ गते विहान ८ बजे जिल्लाको महण्डन देउपुर नगरपालिका जडा नम्वर ३ बन्देउ टोल स्थित नयाँगाउ–अनेकोट–बनेपा जाने कच्चि सडकमा तामाङ मृत अवस्थामा फेला परेका थिए ।

मृतक तामाङको हत्या, आत्महत्या वा अन्य दुर्घटनाबाट निधन भएको भन्ने अनुसन्धानका लागि प्रहरीले प्रहरी नायव उपपिरक्षक कुमार विक्रम थापाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनु भयो । ‘दुर्घटनास्थलमा कुनै सवारी साधन पनि नभएकाले मृत्युको कारण खुल्न सकेको थिएन’–प्रहरी प्रमुख पौड्यालले भन्नुभयो–‘प्रहरीले गरेको अनुसन्धान, शव परिक्षणको प्रतिवेदन लगायतका आधारमा सन्तबहादुरको निधन सवारी साधनबाटै भएको निश्कर्षमा पुग्यौं ।’ घटनाको अनुसन्धानका लागि उनका भाई रोहित तामाङले प्रहरी कार्यालयमा जोहरी दिनु भएको थियो । सन्तबहादुरको शरिरमा चोटपटक देखिएको, शव घिसारिएको अवस्थामा रहेको थियो ।

भाई रोहित तामाङको जाहेरी दरखास्त तथा प्रारम्भिक अनुसन्धानको क्रममा देखिएका तथ्य प्रमाणहरुको आधारले काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपूर नगरपालिका वडा नं. ३ वल्देउ बस्ने बा ४ ख ६ नम्बरको निसान मिनिट्रकका चालक ४० बर्षिय बिनोद भन्ने नेत्र प्रसाद बजगाईलाई प्रहरीले अनुसन्धानका लागि सोधपूछ ग¥यो । बिनोद भन्ने नेत्र प्रसाद बजगाईले सोधपुछको क्रममा माघ २८ गते राती साढे ८ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपूर नगरपालिका वडा नं. ३ को वल्देउ टोल स्थित नयाँगाउं अनैकोट, बनेपा जाने कच्ची सडक खण्डमा गाउँकै धावा तामाङको पसलको सामान पु¥याउन जाँदा बा ४ ख ६ नम्बरको निशान मिनि ट्रकलाई अगाडी फर्काउने ठाउँ नभएकोले धावा तामाङको पसल भन्दा वरै फर्काई मिनि ट्रक व्याक गरि व्याकबाटै चलाई धावाको पसलमा पुगी रोकी तल ओर्ली हेर्दा सन्तबहादुर तामाङ मिनि ट्रकको मुनी अल्झेको अवस्थामा देखेका थिए । लगत्तै सन्तबहादुर तामाङलाई तानी निकाली हेर्दा मरेको जस्तो देखि त्यही बाटोमा छाडि मिनिट्रक लिई घर गएको नेत्रप्रसादले बयान दिनु भएको छ ।

प्रहरीले अनुसन्धानबाट सन्तबहादुरको निधन सवारी साधनबाटै भएको निश्कर्ष निकाले पछि बजगाई पक्राउ परेका थिए । प्रहरीले फागुन ३ गते पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद लिई अनसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी पौड्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्