एक दिने युवा नेतृत्व विकास तालिम सम्पन्न



सरस्वती नयौपाने, रसुवा ।

जिल्लाको कालिका गाउँपालिका को कालिका स्थानमा एक दिने युवा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

डी.आइ.पि.डि. डेनिस इन्स्टिच्युशन फर पार्टीज एण्ड डेमोक्रेसि को सहयोगमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) रसुवाले आयोजना गरेको उक्त तालिममा करिब २० देखि ३० वर्ष उमेर समुहका एक सय युवाहरु सहभागिता रहेको थियो ।

लैंगिक समानता नेतृत्व विकास कला तथा भाषण जस्ता युवामैत्रि कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रम मा नेकपाका बागमति प्रदेश इन्चार्ज तथा स्थायि समिति सदस्य अष्ट लक्ष्मी शाक्य, केन्द्रिय सदस्य सुरेन्द्र मानन्धर रसुवाका इन्र्चाज विमला सुवेदी नेकपा रसुवाका सचिव इन्द्र गौतम लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।नेकपा कालिका गाउँपालिका इन्चार्ज अर्जुन देवकोटा पार्टि स्कुल विभाग प्रमुख उद्धव रिजाल कालिका गा.पा.अध्यक्ष सीता देवि अधिकारी उपाध्यक्ष भवानि न्यौपाने नौकुण्ड गा.पा.उपाध्यक्ष सीर्जना लामा लगाएतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

युवा पुस्ता राजनिति प्रति नकरात्मक बन्दै गइरहेको अवस्थामा उनिहरुलाई जागरुक बनाउन यो कार्यक्रम गरिएको हो करिब ६ महिना देखि सत्तारुढ नेकपा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस राष्ट्रिय जनता पार्टि को तर्फबाट ७र७ जना गरि २८ जना युवाहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

राजनिति प्रति युवा पुस्ताको अग्राधिकार सहित नयाँ पिढिलाई जनपक्षीय हितमा प्रोत्साहन गराउनु कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका व्यवस्थापक तथा विद्यार्थि नेता अर्जुन न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्