स्किब्सको जित



काठमाडौं,(नेस)।

स्किब्सले दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ। धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) को कोर्टमा भइरहेको प्रतियोगितामा स्किब्सले टीआइएलाई १६–११ ले पराजित ग¥यो।

अर्को खेलमा स्किब्सले एनइएलाई १५–१२ ले हरायो। दुवै खेलमा स्किब्सका अनुज खत्रीले सर्वाधिक स्कोर गरे। जुनियर ब्वाइजमै इबीएले नेपाल मोडेललाई १५–१०, एनइएले टीआइएलाई २०–१४, मातृभूमिले काठमाडौं ग्लोबललाई १६–९, फ्युजनले स्किम्सलाई १०–५ र नव ज्ञानभूमिले भक्तिलाई १२–१० ले पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्