महिला विधायकको हत्या



कराँची, (एजेन्सी)
पाकिस्तानको सिन्ध प्रान्तमा सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की एक महिला विधायकको नौसेरा जिल्लामा शनिबार गोली हानी हत्या गरिएको छ।

प्रान्तीय विधानसभाकी सदस्य शहनाज अन्सारीको उनकै एक नातेदारका भतिजाले नौसेरा फिरोजको दरया खानमा गोली हानी हत्या गरेको सिन्ध प्रहरीले बताएको छ।

आरोपी उनकै नातेदार जाहिद खोकरका भतिजा हुन्। खोकरको हालै मात्र निधन भएको थियो। आरक्षित सिटबाट विधानसभाका लागि मनोनित अन्सारीमाथि नातेदार खोकरको ४०औं दिनको शोकसभामा सहभागी हुन गइरहेको बेला उक्त आक्रमण भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्