संक्रमितको संख्यामा क्रमशः कमी, भाइरस नियन्त्रणका लागि बैंक नोटमा औषधि छर्किने



बेइजिङ, (एजेन्सी)

लगातार तेस्रो दिन आइतबार पनि कोरोना भाइरस अर्थात् कोभिड– १९ को नयाँ संक्रमित रोगीको संख्यामा कमि आएको चीन सरकारले जनाएको छ। आइतबार २ हजार ९ जनामा संक्रण भएको पाइएको तथा राष्ट्रभरि १ सय ४२ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य निकायले जनाएको छ।

गत साताको शुरूआतमा एक्कासि भाइरस संक्रमितको संख्या ≈वात्तै बढेको पाइएको थियो भने त्यसपछि विस्तारै संक्रमितको संख्या दैनिक रूपमा ओह्रालो लागेको हो। हालसम्म चीनभरि ६८ हजार जनालाई भन्दा बढी भाइरस संक्रमित भइसकेको छ भने मृतकको संख्या १ हजार ६ सय ६५ पुगेको छ। त्यसैगरी चीनबाहिरका झण्डै ३० वटा मुलुकमा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

फ्रान्स, फिलिपिन्स, हङकङ र जापानमा गरी चारजना संक्रमितको मृत्यु भइसकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेंगले चीनले कोरोना भाइरसलाई अनियन्त्रित रूपमा फैलिन नदिन गरेको प्रयासको राम्रो परिणाम निस्किरहेको बताएका छन्। जापानको योकोहामामा क्वारेन्टाइनमा राखिएको डायमन्ड प्रिन्सेस नामक क्रुज जहाजमा भाइरस संक्तमितको संख्या बढेर आइतबार ३ सय ५५ पुगेको छ। एसिया बाहिर मर्ने व्यक्तिमा एक चिनियाँ नागरिक परेका छन्। ८० वर्षीय उनको फ्रान्समा ज्यान गएको हो।

विश्वका विभिन्न मुलुकले आफ्नो जलीय क्षेत्रमा रोक्न नदिएपछि बल्ल अन्त्यमा क्याम्बोडियाले शरण दिएको अर्को एउटा क्रुज जहाजमा एक अमेरिकी वृद्धामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। यता संयुक्त अधिराज्यमा भने भाइरस संक्रमित भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएका नौ जनामध्ये आठजनालाई डिस्चार्ज गरिइसकको छ।

शनिबार विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अध्यक्ष टड्रोस एधानोम घेसव्रससले यस महामारी नियन्त्रका लागि चीनले गरेको मिहेनत र प्रयासको प्रशंसा गरेका थिए। डब्ल्यूइचओकै नेतृत्वमा अन्तर्राष्ट्रिय र चिनियाँ विशेषज्ञहरु सम्मिलित एक मिसनले कोरोना भाइरसबारे गम्भीर अनुसन्धान थाल्ने भएको छ। यस महामारीको केन्द मानिने हुवेइ प्रान्तमा मात्र चीन सरकारले करिब ६ करोड जनतालाई झण्डै क्वारेन्टाइनको स्थितिमा राखेको हो।
सो प्रान्तमा निजी कार चलाउन प्रतिबन्ध लगाइएको थियो भने स्थानीय वासिन्दालाई आपत्कालिन अवस्थामा बाहेक अन्यबेला घरबाट बाहिरै नआउन निर्देशन दिइएको थियो।

सरकारी अधिकारीहरुका अनुसार प्रत्येक तीन दिनको एकपटक एकपरिवारका केवल एक व्यक्तिलाई खाना तथा अन्य अत्यवश्यक वस्तुहरु किन्न घरबाट निस्कने मौका दिइने गरेको छ। चिनियाँ विदेशमन्त्री वांग फेइका अनुसार हुवेईमा उपचारपछि घर फर्किने भाइरस संक्रिमितको संख्या दिनहुँ वृद्ध भइरहेका बताएका छन्।

त्यसैगरी हालै मात्र चीनको राजधानी बेइजिंगमा फर्किने जो कोहीलाई चौंध दिनसम्म क्वारेन्टइनमा बस्न सरकारले कडा निर्देशन दिएको छ। भाइरस फैलिन नदिने अर्को उपायको रूपमा सरकारले चीनको केन्द्रीय बैंकका नोटहरुमा समेत प्रयोगमा ल्याइनु अघि औषधि छर्किने भएको छ।

प्रतिक्रिया दिनुहोस्