ग्लोबल आइएमई बैंकद्वारा आमाघरलाई ३ लाख सहयोग



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि ३ लाख रुपियाँ सहयोग गरेको छ।

ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दीपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई ३ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्