सिभिल बैंकले सुनवलमा शाखा खोल्यो



काठमाडौं, (नेस)
सिभिल बैंकले नवलपरासीको सुनवलमा शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको उद्घाटन गर्नुभयो।

उक्त अवसरमा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताउनुभयो। सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक रहेको छ।

५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्