केभीएसलाई उपाधि



काठमाडौं, (नेस)।

काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–० गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो।

केभीएसका अविरल थापा र नवीन रोकायाले गोल गरे। उपाधिसँगै केभीएसले २० हजार तथा न्यु स्टार पोलले १५ हजार नगद पुरस्कार हात पारे। गोल्डेन बडले हाइली क्रिएटिभलाई टाइब्रेकरमा हराएर तेस्रो स्थान हासिल गर्यो। गोल्डेन बडले १० हजार तथा हाइलीले ५ हजार नगद पुरस्कार पाए।

प्रतिक्रिया दिनुहोस्