कुमारी बैंकद्वारा सहयोग



कुमारी बैंक लिमिटेडले फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई पाँच लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी ले संस्थाकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई पाँच लाख रुपियाँ सहयोग गरेको हो। उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ। पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्नेे उद्देश्यले बैंकले सो सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्