माली आक्रमणमा तीस जना मारिए



ओगोस्सागो, (एजेन्सी)।

मालीका विभिन्नि तीन स्थानम भएका हिंसात्मक घटना नौ जना सैनिक लगायत कमितमा तीस जनाको ज्यान गएको छ। शुक्रवार मध्य मालीको एउटा गाउँमा अज्ञात बन्दुकधारीहरूबाट भएको आक्रमणमा एकाइसजना मानिसको ज्यान गएको छ। तिनीहरूले गउँलेहरका घर , बाली र चौपया पनि जलाइदिएको सुरक्षाकर्मिहरूलेबताएका छन्।

यस घटनामा आठजना सैनिक मारिएका हुन्। अर्को एकजना सैनिकको गाओ क्षेत्र स्थित सैकि शिविरमा भएके आक्रमणमा ज्यान गएको हो। एउटा इस्लामिक समुह उत्तरी भागमा प्रवेश गरे यता सन् २०१२ देखि मालीमा अस्थिरता सिर्जना भएको हो।

ओगोस्सागो गाउँमा भएको सो आक्रमण परम्परागत रुपमा पशुपालनमा संलग्न मुश्लिम समुह फुलानिस माथि केन्दि«त रहेको बताइएको छ। मालीको दोगोन लगायत अन्य समुदायले फुलानी समुदाय माथि साहेल क्षेत्रमा हिंसात्मक गतिविधिमा लागेका जिहादी समुहहरूसंग आवद्ध रहेका ेआरोप लगाउने गरेका छन्। यस्त ैआरोप र प्रत्यारोपका कारण केहि वर्ष यता मालीमा जातिय भिडन्त चल्दै आएको छ।

गत वर्षका ेमार्चमा पनि ओगोस्सागोमा भएके भिषण हमलामा १ सय ६० जना मानिसको ज्यान गएको थियो। त्यसका लागि पनि दोगोन छापामार हरूलाई दोषि ठहराइएको थियो।

सो हमलालाई लिएर व्यापक जन प्रदर्शन हुन थालेपछि मालीका तत्कालिन प्रधानमन्त्री सोमिलोउ बोबिये माइगाले राजिनामा दिएका थिए। यस पछिल्लो आक्रमणका लागि अहिले सम्म कसैले पनि जिम्मेवारी लिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्