फिल्मि शैलीमा अदालतबाट अपराधि नाइके छुटाइए



सान पेड्रो सुला, (एजेन्सी)।

सेना र प्रहरी पोशाकमा हातहतियारले सुस्सजित भएर आएका पुरुषहरूको एक समुहले फिल्मी शैलीमा शुक्रवार उत्तर पश्चिमी होनदडुरसको एउटा अदालत भवनबाट शक्तिशालली अपराधि समुह एमएस –१३ को एक वरिष्ठ नाइकेलाई छुटाएर लगेको प्रहरीले जनाएको छ।

एल प्रोग्रेसो शहर स्थित सो अदालतमा अलेक्जान्डर मेन्दोजा उर्फ एल पोर्की नामक ति अपराधि नाइकेलाई सुरक्षा फौजले मुद्धा सुनुवाईका लागि ल्याइ पुर्याएको केहि वेरपछि नै तिनीहरूले अचानक आक्रमण गरेको बताइएको छ। यस घटनामा कम्तिमा चारजना अधिकारी मारिनुका साथै अन्य तीनजना घाइते भएका छन्।

एमएस– १३ मध्य अमेरिकाको सबैभन्दा खतरनक र हिंसात्मक आपराधिक समुहहरू मध्ये एक हुन्। होन्डुरसका राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्देजले मेन्दोजलाई पु पक्राउगर्न सुचना दिएर सहयोग गर्नेलाई ८० हजार अमेरिकी डलर पुरुस्कार दिइने घोषणा गरेका छन्। होन्डुरसको दोश्रो ठूलो शहर सान पेड्रो सुला देखिकरिव ३० किमि पूर्वमा पर्ने एल प्रोग्रेसेमा विहिवार अपरान्ह अपराधि समुहले चलाएको सो अपरेसनमा कम्तिमा बिस जना बन्दुकधरी सरिक रहेको प्रहरीले बताएको छ।

यस घटनामा एकजना आक्रमणकारी पनि मारिएका छन्। होन्डुरसको एचसिएच टेलिभिजनले प्रशारण गरेको अदालतको सिसिटिभिको फुटेजमा हककडी लगाइएका मेन्देजालाई सुरक्ष फौजले अदालत भवनमा ल्याएको लगत्तै ति सुरक्षाकर्मिकै जस्तो पोशाक लगाएका आक्रमणकारीहर प्रवेश गरेको देखिन्छ।

त्यसैगरी केहि मिनेट पछि हतकडी फुकाइएका उनी पेस्तोल र मेसिनगन बोकेकर ति आक्रमणकारीहरूसंगै अदालत भवनबाट बाहिरिएको पनि देखिन्छ।
सुरक्षा उपमन्त्री लुइस सुआजोले मेन्दोजा लगायत उनलाई त्यहाँबाट छुटाउन सहयोग गर्ने सबैलाई चाँडै गिरफतार गरिने बताएका छन्।

स्थानिय संचार माधयमले तिनीहरूले आफ्ना सवारी साधनहरू अदातभन्दा केहि पर रोकेको तथा आफ्नो एकजना साथीको लाश एउटा रातो भ्यानमा छाडेर गएको जनाएको छ। सो समुहका महत्वपूर्ण नाइकेहरू मध्ये एक मानिने मेन्दोजालाई प्हरीले सन् २०१५ मा पक्राउ गरेको थियो।

उनलाई सन् २०१८ मा मुद«ा अपचलन र अन्य अवैध कारोवारमा संलग्न रहेको अभियोगमा बिस वर्ष लामो करावास संजाय तोकिएको थियो। उनी माथि थुप्रै हत्याको अरोपमा मुद्धा चलाउनु बाँकी नै थियो। एमएस –१३ अथात मारा साल्भट्रुचा नामक यो समुह असीको दशकमा अधिकांश गरिब अवैध आप्रवासीहरूले अमेरिकाको लस एन्जेल्समा गठन गरेका थिए।

ति आप्रवासीहरू एल साल्भडोरको गृहयुद्धको कारण भागेर अमेरिका पुगेका थिए। सन् १९९२ मा गृह युद्धको समाप्तिस.गै शानित सम्झौतामा हस्तक्षर भएपछि यस समुहका अधिकांश पहिल्यै देखि जेलमा थुनिएका सदस्यहरूलाई स्वेदेश फकाइएको थियो।

प्रतिक्रिया दिनुहोस्