बेइजिंग फर्किनेलाई अनिवार्य क्वारेन्टाइन अस्पतालमा रोवोट परिचालित



बेइजिंग, (एजेन्सी)।

प्राणघातक कोरोना भाइरस अर्थात कोभिड – १९ रोकथामका लागि चीन सरकारले शनिवार जहाँबाट पनि बेइजिंग शहरमा फर्कने जो कोहिलाइृ पनि १४ दिन क्वारेन्टाइनमा बस्न आदेश दिएको सरकारी संचार माध्यम सिन्ह्वाले जनाएको छ। विदा मनाएर फर्केका राजधानी बेइजिंग निवासहरूलाई आफैं क्वारेन्टाइनमा बस्न वा सरकारले तोकिएका स्थानमा गएर क्वारेन्टाइनमा बस्न कडा निर्देशन दिइएको हो।

इजिप्टले अफ्रिकामा पहिलो पटक कोरोना भाइरसको घटना भेटिएको पुष्टि गरेपछि चीनले यो कदम चलेको हो। चीनको हुवेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण चीनमा मर्नेको संख्या १५ सय नाघिसकेको छ। चीनको चान्दि«क नयाँ वर्षको विदा मनाएर अन्य विभिन्न भागहरूबाट अहिले धमाधम मानिसहरू बेइजिंग फर्किरहेका छन्।

भाइरस महामारी नियनत्रणमा मद्धत पुर्याउने उद्देश्यले यसपालि सो विदा पनि लम्ब्याइएको थियो। बेइजिंगको जनसंख्या करिव २ करोड रहेको छ। शनिवार चीनको राष्ट्रिय स्वास्थ आयोगले थप १ सय ४३ जनाको मृत्यु भएपछि मृतकको संख्या १ हजार ६ सय ३१ पुगेको जनाएको छ। चार जना बाहेक पछिल्लो समय मर्नेहर सबै हुवेइ प्रान्तकै भएको बताइएको छ।

त्यसैगरी शनिवार सम्ममा थप २ हजार ६ सय ४१ जनामा भाइरस संक्रमण भेटिएपछि चीनमा कूल संक्रमितको संख्या ६६ हजार ४ सय ९२ पुगेको छ। चीन बाहिरका २४ वटा मुलुकमा ५ सय जना भन्दा बढिलाई कोभिड – १९ संक्रमित भइसकेको छ। ती मध्ये हंगकंग , फिलिपिन्स र जापानमा एक एक गरी तीनजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

यसैबिच शनिवार कोरोना भाइरसको संक्रमणको कारण फ्रान्समा एकजना चिनिया पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। एसिया बाहिर यस भाइरसको कारण कसैको ज्यान गएको यो पहिलो घटना हो। फ्रान्सका स्वास्थ मन्त्री एग्नेस बुजिनका अनुसार चीनको हुवेइ प्रान्तबाट आएका नाम नखुलाईएका असी वर्षिय पुरुषको मृत्यु भएको बताएकी छिन्।

१६ जनवरीमा फ्रान्स आइपुगेका उनलाई २५ जनवरीमा राजधानी पेरिस स्थित एउटा अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो। यसअघि न ैफ्रान्सले केरोना भाइरस संक्रमित एघार जना भेटिएको र ति मध्ये छ जनालाई अस्पतालमा राखिएको बताएको थियो।

ति मृतक वृद्धकी छोरी पनि भाइरस संक्रमित रहेको तर हाल उपचारमा रहेकी उनको स्वास्थमा सुधार आइरहेको पनि फ्रेन्च अधिकारीहरूले बताएका छन्।
यसै साता देखि विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) को नेतृत्वमा रहेको मिसनले कोभिड–१९ कसरी फैलिरहेको र यसको खतरा कति खतराको सिमाबारे अनुसनधान कार्य शरु गर्न लागेको डब्ल्युएचओका निर्देशक टेड्रोस एधानोम घेव्रिससले बताएका छन्।

विश्वका नामुद विशेषज्ञहरू सम्मिलित सो मिसनले १ हजार ७ सय जना भन्दा बढि स्वास्थकर्मिहरूमा पनि कसरी कोरोना भाइरस फैलियो भन्नेबारेमा पनि अनुसनधान थाल्ने बताइएको छ। यस मिसनको टोलिमा १२ जना अन्तर्राष्ट्रिय विशेषज्ञ र १२ चिनिया समकक्षी रहने छन्।

यसैबिच शुक्रबार चिनियाँ अधिकारीले हुबेईबाहेक देशका अन्य भागमा कोरोनाभाइरसको मामलामा कमी आएको जानकारी दिएका छन्। चीनका राष्ट्रपति सि जिन्पिंगले भाइरसको रोकथाम र निगरानीका लागि बिग डेटा, आर्टिफिशियल इन्टेलिजेन्स र क्लाउड कम्प्यूटिंगका लागि डिजिटल प्रविधिको प्रयोग गरिएको जानकारी दिएका छन्। ुाथै संक्रमितहरूलाई औषधी र अन्य सुविधाको आपूर्तीका लागि अस्पतालहरूमा रोबोट परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्