भ्रष्टाचार मौलाउनुको कारण



हामीकहाँ भ्रष्टाचार निरन्तर बढदै जानुमा भ्रष्टाचार निराकरण गर्नका लागि राजनीतिक इच्छाशक्तिको कमी, राजनीतिक अस्थिरता, दण्डहीनता, राजनीतिक संरक्षणवाद र भ्रष्टाचार निवारण गर्न बनाइएका नियम–कानुनको कमजोर कार्यान्वयनजस्ता कुरा मुख्यरूपमा जिम्मेवार छन्।

अदालतद्वारा सुनाइएका फैसलाको कार्यान्वयनका लागि सरकारले देखाएको उदासीनताका कारण दण्डहीनताको विकास हुन गई भ्रष्टाचारले थप प्रश्रय पाउँदै गइरहेको छ।

यसै गरी अपराधको राजनीतीकरण, राजनीतिको अपराधीकरण, भ्रष्टाचारविरुद्ध शून्य शहनशीलताको विकास नहुनु, विधिको साशन कायम नहुनु र भ्रष्टाचारका बारेमा पर्याप्त जनचेतनाको अभावजस्ता कुराले पनि भ्रष्टाचार मौलाउँदै गइरहेको छ।

अहिले चर्चामा रहेको ललिता निवास प्रकरणमा नीतिगत भ्रष्टाचार भएको छ। त्यसमा जिम्मेवार कर्मचारी एवं भूमाफियाको मिलेमतो थपिएको छ। त्यसैले दोषीलाई कारबाहीको त कुरा छोडौं, जग्गा पुनः सरकारका नाममा फर्काउन पनि गाह्रो छ। त्यसैले भ्रष्टाचार रोक्न माथिदेखि नै सच्चिनु जरुरी छ।

– अनुपराज श्रेष्ठ, ठिमी, भक्तपुर।

 

प्रतिक्रिया दिनुहोस्