भोलिसम्म मौसम बदली हुने



काठमाडौं, (नेस)।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म मौसम बदली हुने जनाएको छ। नेपालमा मौसमी प्रणाली सामान्य अवस्थामा रहे पनि आइतबारदेखि देशभरका अधिकांश पहाडी भागमा मौसम बदली देखिएको हो।

महाशाखाका अनुसार यो क्रम सोमबारसम्म चल्नेछ। देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा शनिबार दिनभरजस्तो बादलले ढाकेको थियो भने अधिकांश पहाडी तथा मध्य भागमा आंशिक र सामान्य बदलीसमेत भएको थियो।

बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् वरुण पौडेलले बिहानको समय मौसम सफा देखिए पनि मध्याह्नदेखि मौसममा बदली हुने जानकारी दिनुभयो। यो क्रम सोमबार बेलुकीसम्म चल्ने महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्