काठमाडौँमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइंदैन



न्युज अफ नेपल, काठमाडौँ ।

काठमाडौको ठमेलमा शनिबारदेखि भेज एन्ड भेगन रेष्टुरेन्ट संचालनमा आएको छ । नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधान र नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्यालले उक्त होटलको संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

युएईमा लामो समय बिताउनु भएका काठमाडौंका नारायण न्यौपानेले संचालनमा ल्याउनु भएको रेस्टुरेन्ट नाम प्लिज्ड भेज एन्ड भेगन रेस्टुरेन्ट दिइएको छ ।

नेपालमा सम्भवत पहिलो प्रयोगमा आएको यो रेष्टुरेन्ट बिदेशमा भने धेरै पाइने गर्छ । भेज भन्दा छुट्टै बिशेषता बोकेको रेस्टुरेन्टमा माछामासु एवम् दुधबाट बनेका कुनै पनि पदार्थका परिकार पाइदैन । बन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता बोकेर हिडेका पौडेल नाफाको केही प्रतिशत यसै क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद भिम सेन दास प्रधानले हाम्रो शरीरको बनावट नै साहाकारीको संरचनामा बनेको हुँदा मासुको आवश्यक नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रमका अर्का विशिस्ट अतिथि नेपाल पत्रकार महासंघ युएईका निवर्तमान अध्यक्ष भूपराज बस्यालले मानिसले पछिल्लो समय स्वास्थमा निकै ध्यान दिन लागेको हुँदा यसको बजार राम्रो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्