आफ्नो टोलबाट सफाई अभियान थाल्न सुझाव



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका वडा–१८ले वृहत सरसफाई तथा कोरोना भाइसर सम्बन्धि जनचेतना कार्यक्रम आयोजना गरेको छ । शनिवार बिहान वडाको तीन स्थानबाट भेला भएका वडावासीले सडक र वडाका विभिन्न स्थानको सफाई कार्यक्रम गरेका थिए ।

वडा वातावरण समितिको भएको कार्यक्रमको समापन समारोहमा बोल्दै ललितपुरका प्रदेश सांसद जीवन खड्काले वडावासी जागरुक नभएसम्म टोल र वडा सफा हुन सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो–सफा गरेर मात्रै पुग्दैन अब वडावासीलाई घर घरमा राख्न डस्टबिनको व्यवस्थापन गर्नुपर्छ । उहाँले वडाको क्षेत्र सफा राख्ने दायीत्व वडावासीकै भएको बताउदै यस्लाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा, उपभोक्ता समिति, क्लब, महिला समुह लगायतको सहभागिता रहेको थियो । तीन समुह विभाजन गरिएको अभियानको पहिलो समुहले नख्खु, शहिद धर्मभक्त स्कुल, मेडिसिटी अस्पताल, हाइल्याण्ड, निर्मल स्कुल र विनायक कोलोनी हुदै वडा कार्यालय पुगेको थियो । सो समुहको संयोजक मिलनवस्ती टोल सुधार समितिका अध्यक्ष लक्ष्मण कट्वाल गर्नुभएको थियो ।

भञ्याङदेखि पाखागाउँ, शान्तिमार्ग , मगरगाउँहुदै वडा कार्यालय सम्म दोस्रो समुहको नेतृत्व श्री वालकुमारी श्रृजना क्लबका उपाध्यक्ष एवं वातावरण समितिका संयोजक वीरेन्द्र थापाले गर्नुभएको थियो । त्यस्तै तेस्रो समुहको नेतृत्व शिवराम खड्काले गर्नुभएको थियो । तेस्रो समुहले खोकना दोबाटोदेखि महिला भवन, सैबु आवासक्षेत्र लगायत स्थानको सफाई गरी वडा कार्यालयमा भेला भएको थियो ।

कार्यक्रममा भज्याङदेखि नख्खुसम्म ब्रुमरले सफा गरेको थियो । अभियान समापन समारोहमा बोल्दै वडा अध्यक्ष पुरुषोत्तम खड्काले घरमात्रै सफा गर्ने परम्परालाई अन्त्य गरी सम्पुर्ण वडा सफा गर्ने योजना सहित अभियान थालनी गरेको बताउनुभयो । जानेका मान्छेले धेरै कुरा बिगार्ने भएकोले जान्ने मान्छेलाई नै नियम बनाएर अघि बढाउनुपर्छ–अध्यक्ष खड्काले भन्नुभयो । उहाले सबैको रचनात्मक सुझाव संकलन गरी अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सडक र शहरमा फोहोर नगरौ भन्ने नाराका साथ आयोजना गर्न लागेको कार्यक्रममा फोहोर मैलासंग आबद्ध संघ संस्थाले सहयोग गर्नेेछ ।’ आफ्नो घर, सडक पेटी सधै सफा राख्न र फोहोर व्यवस्थापन गर्ने विषयम जनचेतना दिन सफाई कार्यक्रम आयोजना गरेको संयोजक अध्यक्ष खड्काको भनाई छ । वडाले पहिलो चरणमा अभियान संचालन गरे लगत्तै सडक सफा राख्न विभिन्न कार्यक्रम आयोजना गर्नेछ ।

कार्यक्रममा समाजसेवी वोधविक्रम थापा, शिवराम खड्का, नेप्सेम्याकका तुल्सीराम निरौला लगायतले सफाई अभियान सफल पार्न विद्यालयका विद्यार्थीको सहयोग लिनुपर्ने बताए । उनीहरुले अभिभावकसंग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थीलेलै अभियानलाई सफल बनाउन सक्छन, त्यसैले उनीहरुको साथको आवश्यक रहेको बताए । नेप्सेम्याकको सहयोग रहेको अभियानमा हाइल्याण्ड, सनसाईन, निर्मल, माइलस्टोन, माउन्ट मकालु लगायत करिब आधा दर्जन विद्यालय, श्रीवालकुमारी सिर्जना क्लब, लालीगुरास क्लब, विभिन्न महिला समुह, टोल सुधार समिति लगायतको सहभागि रहेको थियो ।

अभियानको क्रममा मेडिसिटि अस्पतालका वरिष्ठ चिकित्सक डा. रवि महतले विश्वभर फैलिएको कोरोना भाइसरबाट नेपालमा असर नपरेको तर सावधानी अपनाउनुपर्ने बताउनुभयो । कारोना भाइरस सम्बन्धि अभियानको क्रममा बोल्दै उहाले मौसमी रुधाखोकीबाट जोपगनुपर्ने बताउनुभयो । यस्तै रोगको कारण कारोना भाइसर आएको भन्न नमिल्ने उल्ले गर्दै मौसमी रुघाखोकीबाट जोगिनुपर्ने बताउनुभयो ।

लामो समयसम्म ज्वरो आएमा वा श्वास प्रश्वासमा समस्या भएमा तत्काल उपचार गर्नुपर्ने बताउदै उहाले यो समयमा रुघाखोकी लाग्दा सावधानी अपनाउनुपर्ने बताउनुभयो । भन्नुभयो–रुघाखोकी आउदा रुमालले मुख छोप्नुस, होइन भने कुहिनाले नाक छोपेर हाच्छिउँ गर्नुस । पछिल्लो समयमा कोरोनाले त्रास फैलाएकोमा सचेत हुन आग्रह गर्दै भन्नुभयो कारोना पुरानो भाइसर हो । तर अहिलेको माहामारीको रुप नया प्रजातिको कारणले भएको हो । हावाबाट सर्ने भएकोले रुघाखोकी आउदा टाढै बस्नु उचित भएको उहाको भनाई थियो ।

धेरैजसो ४२ वर्ष भन्दा माथिको मानिसलाई सर्ने यो रोगबाट बच्न सकेसम्म टाढा वा नजिकको यात्रा गर्दा माक्स लगाउनुपर्छ, जहाँ गएर जे छोएपनि हात धुन बिर्सनु हुदैन । उहाले करिब ३ देखि ६ फिटको दुरीसम्म मात्र हावाबाट सर्ने भएकोले कोरोना पुरै सरुवा रोग हो, यसबाट बच्न निकै टाढा बस्नुपर्छ भन्ने धारणा गलत भएको औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्