ट्रिटन ईन्टरनेशनल कलेजको ‘ट्रिटन फेयर २०२०’ सम्पन्न



न्यूज अफ नेपाल, काठमाडौं ।

डिभि एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालितसुविधानगर, तीनकुनेस्थित ट्रिटन ईन्टरनेशनलकलेजले आयोजना गरेकोदोस्रो ट्रिटन महोत्सव (ट्रिटन फेयर २०२०) सम्पन्नभएको छ ।

आयोजकट्रिटन कलेजसहितउपत्यकाकाविभिन्न१० वटा कलेज र २६ वटा विद्यालयकाविद्यार्थीलाई एकै ठाउँमा राखीउनीहरूको सीपतथावौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले प्रतियेगितात्मक रुपमाउक्तफेयरको आयोजनागरिएको कलेजकाउपप्राचार्य श्रीकृष्ण विष्टले बताउनुभयोे ।

दोस्रोपटक आयोजनागरिएको सो महोत्सवमाविद्यार्थीहरूले विभिन्नविज्ञान, काष्ठकला, चित्रकला, नयाँनयाँ सृजनासहित सांस्कृतिक प्रस्तुतिप्रस्तुतगर्नुका साथैखानेकुराको स्टल समेत प्रर्दशनीमा राखिएको थियो ।

फेयरमा उपत्यकाका २६ वटा विद्यालयका विद्यार्थीहरूले चित्रकलाप्रतियोगितामा भागलिएका थिएभने १५ वटा विद्यालयले विज्ञान तथाप्रविधिप्रदर्शनीमा राखेका विद्यालयका अतिरिक्त कृयाकलाप एव्म खेलकूद संयोजक कुमार थापाले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै शिक्षाविभाग अन्तर्गतको मानवस्रोत तथा शिक्षाविकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले योग्य नागरिक उत्पादनमा नीजि शैक्षिक संस्थाको योगदान महत्वपूर्ण रहेतापनि १२ कक्षा सक्ने वितिक्कै युवा पुस्ता विदेश जाने परिपाटीले देशमा शिक्षित व्यक्तिहरुको कमी हुँदै गएकोमा भने चिन्ता व्यक्तगर्नुभयो । ‘अव युवा पुस्तालाई स्वदेशमै बसेर केहीगर्नुपर्छ भनेर शैक्षिक संस्थाले ज्ञान दिनु आवश्यक छ’उहाँले भन्नुभयो ।

ट्रिटन ईन्टरनेशनल कलेजका प्रवन्धनिर्देशक तरुण प्रताप शाहले ट्रिटन कलेजले अन्तराष्ट्रिय स्तरको शिक्षा स्वदेशमै दिँदै आएको बताउनुभयो भने कलेजका प्राचार्य समिर शर्माले विद्यार्थीहरुको बौद्धिक ज्ञान र क्षमतालाई अरु माझ देखाउनका लागि ट्रिटन फेयरले सहयोग गरेको बताउनुभयो ।

उक्त फेयर उद्घाटनका अवसरमा विपिकोइराला मेमोरियल प्लानेटोरी तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डा.सनतकुमार शर्मा, भिजीट नेपाल २०२० को सचिवालयका सदस्य सचिव बच्चु बहादुर श्रेष्ठ, महामनगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मी, वरिष्ठ पत्रकार बलरामप्यासी, एकिृकत उपभोक्तामञ्चका अध्यक्ष मदन शिवाकोटी, कलेजका प्रशासन प्रमुख ऋतु न्यौपाने, ट्रिटन सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी लगायतका व्यक्तित्वहरूको उपस्थितिथियो ।

प्रतिक्रिया दिनुहोस्