इबीए कप आजदेखि



काठमाडौं, (नेस)।

इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। प्रतियोगितामा जुनियर ब्वाइजमा ३२ र सिनियर गल्र्समा १६ गरी ४८ टिमको सहभागिता रहने इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। जुनियर ब्वाइजमा एन्जल्स हार्ट तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्।

प्रतिक्रिया दिनुहोस्