अल नेपाल लभ डायरिज



आज शुक्रबार प्रेमकथामा आधारित रोमान्टिक फिल्म लभ डायरिज अल नेपाल रिलिज हुने भएको छ।सौरभ चौधरीद्वारा निर्देशित फिल्ममा सुशील श्रेष्ठ, नवनायिका रुबिना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतले अभिनय गरेका छन्।

बुधबार राजधानीमा प्रिमियर शो आयोजना गरी आजबाट रिलिजमा ल्याइन लागेको फिल्ममा सुशील विदेशी मोजमस्तीमा रमाइलो गर्ने बिग्रिएको युवाको भूमिकामा छन्। प्रेम र कमेडी पस्किएको फिल्म विनोद सापकोटा र सरोज तुलाधरले निर्माण गरेका हुन्। साहिल खान एसोसियट निर्देशक रहेको फिल्ममा उनकै सम्पादन छ भने अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सञ्जय लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्