पर्यटकमाथि दुर्ब्यवहार



माले, (एजेन्सी)।

सामुद्रिक तटमा बिकिनी लगाएकोमा गिरफ्तार गर्ने क्रममा प्रहरीद्वारा दुव्र्यवहार भएकी बेलायती महिला पर्यटकसँग मालदिभ्स संसद्का सभामुख मोहम्मद नासिदले माफी मागेका छन्। उनले ट्विटमा उक्त घटनालाई लिएर दुख व्यक्त गरेका थिए।

ती पर्यटकलाई माफुसीमा प्रहरीले सार्वजनिक स्थानमा बिकिनी लगाएका कारण गिरफ्तार गरिएको थियो। गिरफ्तारीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी कारबाहीको आलोचना भएको थियो। दुई घन्टासम्म हिरासतमा राखिएपछि रिहा गरिएकी महिलासँग माफी मागेको सभामुख नासिदले संसद्मा बताए।

प्रतिक्रिया दिनुहोस्