सरकार अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन गर्ने गृहकार्यमाः मन्त्री भुसाल



यमलाल भुसाल, बुटवल ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताउनु भएको छ । यसको लागि सरकारले अन्तराष्ट्रिय कृषि लगानी सम्मेलन आयोजना गर्ने गृहकार्य गरिरहेको मन्त्री भुसालले बताउनु भयो ।

‘कमसेकम कृषि क्षेत्रमा लगानी गरेपछि केही भए पनि नाफा पाउनुहुन्छ भन्ने कुरामा विदेशी लगानीकर्तालाई विश्वस्त पार्नु छ,’ –उहाँले भन्नुभयो । भैरहवामा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकारका मन्त्री भुसालले कृषिमा प्रयोग भईरहेको श्रमलाई व्यवस्थित गरी उत्पादक क्षमताको विकास गर्नका लागी कृर्षि क्षेत्रमा पनि बिदेशी लगानी भित्राउन आवश्यक रहेको बताउनुभयो ।

हामीले लगानी सम्मेलन गरेर बिभिन्न उत्पादन क्षेत्रमा लगानी भित्राईरहदा कम्तीमा कृर्षी क्षेत्रमा लगानी गर्दा केही प्रतिशत नाफा हुन्छ भन्ने बिश्वास लगानी कर्तालाई दिलाई नेपालमा कृषी क्षेत्रमा बिदेशी लगानी भित्राउनु पर्ने बताउनु भयो । ’म कृर्षी क्षेत्रको अभ्ध्ययनमै छु, म धेरै केही बोल्दीन तर कृर्षी क्षेत्रमा लगानी गरे नाफा हुन्छ भन्ने अवस्थामा पुगेको छु’ –उहाँले भन्नु भयोे ।

कृर्षी मन्त्रालय सम्हाले लगतै केही दिन आफु निकै निरास बनेको बताउदै क्रमिक रुपमा आफुमा आत्मबल बढेकाले अब केही गर्दछु भन्नेमा विश्वस्त रहेको मन्त्री भुसालले बताउनु भयो ।

कृषिमा विदेशी लगानी आकर्षित गर्न योजना बनाएको बताउदै कृषिबाट उद्यम डुब्दैन मिहीनेत खेर जादैन कृषि सुरक्षित छ भन्ने निती ,कार्यक्रम र गतिविधीहरुलाई शंकल्प गरेको बताउनु भयो ।

लुम्बिनी प्रेस क्लबलाई ५० लाख

सांसद घनश्याम भुसालको संसदीय विकास क्षेत्र कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ लुम्बिनी प्रेक क्लबको भवन निमार्णका लागी सहयोग गर्नुभएको छ । भवन अपाङ्ग मैत्रि र चार तल्लाको बन्ने छ । करिब दुई करोड रुपैयाको लगानीमा बन्ने भवनको पहिलो तल्ला सेमिनार हल बन्ने छ । दोस्रो तला क्लबको कार्यालय रहने छ ।

तेस्रो तला पत्रकाहरुका लागी गेष्ठ हाउस रहने छ भने चौथौ तलामा पत्रकारहरुको संग्रालय बन्ने छ । यो संग्रालय नेपालकै पहिलो संग्रालय बन्ने क्लबका अध्यक्ष दिपेश पछाईले बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, फखरुद्दीन खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ, पूर्व सांसद इस्तियाक अहमद खान, रोहिणी गाउंपालिकाका अध्यक्ष सनोजकुमार यादव, उद्योगी व्यवसायी संघसस्थाका प्रतिनिधिलगायतले पत्रकारले सत्य र यथार्थ कुरा बाहिर ल्याउनु पर्ने, मिडियाले शक्ति नभई सत्यको र व्यक्तिको नभई विचारलाई समेटनुपर्ने, आर्थिक–सामाजिक रुपमा भैरहवा अगाडी बढ्दै गएकाले सरकारको कमीकमजोरी र सकारात्मक कुरामा मिडियाले ध्यान दिनु पर्ने बताए।

कर्यक्रम क्लबका अध्यक्ष दिपेश पछाईको सभापतित्व, उपाध्यक्ष नरेश केशीको स्वागत तथा महासचिव संम्झना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्