हिउँदमै सडक हिलाम्मे यात्रुलाई सास्ती



बैतडी, (नेस)।

बैतडीको गोकुलेश्वर–गन्ना जोड्ने सडक खण्डमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको छ।उक्त सडक खण्डको बैतडीको डिलासैनी गाउँपालिका–३ धौकुचेदेखि गन्नासम्मको सडकमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको चिप चालक आनसिंह कार्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कच्ची सडकमा खाल्डाखुल्डी हुँदा सवारी चलाउन समस्या हुने गरेको छ।’

सिमार र तल्लोछेपट्टाका स्थानीय बासिन्दाले सिँचाइको पानी र धाराको पानी सडकमा छाडिदिँदा पैदान हिँड्नसमेत समस्या हुने गंगासागर जोशीले जानकारी दिनुभयो।

पानीलाई व्यवस्थित नगरी सडक छाड्दा सडकमा ठुल्ठूला खाल्डा परेका छन्। उहाँले भन्नुभयो– ‘सडकमा रहेका खाल्डाखुल्डीमा पानी जम्मा भएको पानीले सडक हिलाम्मे भएको छ।’

सडक हिलाम्मे हुँदा दुर्गा मावि सिमारका विद्यार्थीलाई समेत आवतजावत गर्नसमेत समस्या हुने गरेको छ। उक्त क्षेत्रका नागरिकले खेतमा सिँचाइ गर्न खेतमा लगेको पानी व्यवस्थित नगर्दा सडकमा हिँड्न समस्या हुने गरेको हो।

प्रतिक्रिया दिनुहोस्