त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी



न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा आगलागी भएको छ। विद्युत सर्ट हुँदा आगलागी भएको विमानस्थलले जनाएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । यसबाट कुनै मानवीय क्षति भएको छैन।

प्रतिक्रिया दिनुहोस्