पाँचौं संस्करणमा कोका–कोला मोःमोःउत्सव



कोका–कोला मोःमोःउत्सव नेपालमा पाँचौं संस्करणको लागि जुटेको छ। यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भए पनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणलाई उत्सवमा परिवर्तन गर्दछ।

कोका–कोलासँग विभिन्न परिकारका खानाको उत्सव मनाउँदै उपभोक्तालाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको कम्पनीको भनाइ छ।

यस अभियानमा अभिनेत्री सम्राज्ञी शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन्। यस अभियानका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो। नेपालमा पनि हामीले खाना जे होला स्वाद बढाउन कोका–कोला नाराका साथ दीर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं।

यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानासँग जोडेर धेरै कार्यक्रम सञ्चालन गर्नेछौं।’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो–‘हामी कोका–कोला मोःमोःउत्सवको पाँचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरूको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं। यो वर्षको नारा खाना जे होला स्वाद बढाउन कोका–कोलाले हाम्रा उपभोक्तालाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरूसँग जोड्दछ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्