कोरोना भाइरस नियन्त्रणका लागि चीनले दुई दिनमा हजार शैयाको अस्पताल तयार पार्‍यो



ऐजेन्सी । कोरोना भाइरस नियन्त्रणका लागि हुबेई प्रान्तको वाङ्जाउमा चीनले दुई दिनमा हजार शय्याको अस्पताल तयार गरेको छ । ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा भाइरसले संक्रमित बिरामीको लागि नयाँ अस्पताल निर्माण गरिएको हो ।

छ दिनमा निर्माण सम्पन्न गर्ने भनेको उक्त अस्पताल चीनले दुई दिनमै तयार गरेको छ । शनिबारदेखि अस्पताल निर्माण कार्य सुरु गरेको चीनले सोमबारसम्म हजार शय्याको अस्पताल तयार पारेको हो । अस्पतालमा आवश्यक पानी, बिजुली तथा इन्टरनेटदेखि लिएर सम्पूर्ण कराको पूर्ण व्यवस्था गरिएको जनाइएको छ । पाँच सय जना भन्दा बढी कामदारले निर्माण गरेको उक्त अस्पताल ४८ घन्टामै तयार भएको बताइएको छ ।

यसका साथसाथै कोरोना संक्रमितबिरामी र अनुसन्धाका लागि अन्य नँया अस्पताल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ । हालै निमार्ण सम्पन्न यस अस्पतालमा भने दुई हजार चिकित्सक र पन्ध्र सय बिरामीलाई राखिने भएको छ । यस्तै, फेबु्रअरीदेखि सञ्चालनमा आउँने गरी जेन्झाउमा पनि नँया भवन बनिरहेको छ ।

हालसम्म कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । भाइरसबाट संक्रमितको संख्या ५ हजार ९ सय ७४ पुगेको छ ।

यस्तै, चीन बाहिर विभिन्न देशहरुमा ६ हजार ५६ जनामा उक्त भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म नेपलमा पनि दुई जना भाइरस संक्रमित व्यक्ति फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्