एन्जल्सको लगातार तेस्रो जित



काठमाडौं, (नेस)।

आयोजक एन्जल्स हर्ट ‘ए’ ले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार लगातार तेस्रो जित हात पारेको छ।
एन्जल्स हर्ट ‘ए’ ले लालीगुराँसलाई ३५–२० ले पराजित गर्यो। यसअघि एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिक र कान्तिपुर इङलिस एकेडेमीलाई हराएको थियो।

अन्य प्रतिस्पर्धामा गोल्डेनपिकले कान्तिपुरलाई २५–१९, नवजीवनले सेबलाई २०–१७, एचएचसीएले भ्याली पब्लिकलाई ३०–२०, हर्टल्यान्डले फ्लोरोसेन्टलाई २०–१८, ग्रिनफिल्डले ओडिसीलाई २०–१९, बीएनएले नेसनल युनाइटेडलाई ३६–२८, ग्रिनल्यान्डले काठमाडौं भ्यालीलाई २०–१६ र कान्तिपुरले इबीएलाई २०–१४ ले पाखा लगाए।

प्रतिक्रिया दिनुहोस्