अर्किड विजयी



काठमाडौं, (नेस)।

अर्किडले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ।पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा अर्किडले प्रज्ञालाई ९–० को फराकिलो अन्तरले पराजित गर्यो। अर्किडको सहज जितमा सुगम सुनुवार, योगेश विष्ट र सागर भट्टराईले समान २–२ तथा शितल कार्की, आकाश चौधरी र सविन पौडेलले समान १–१ गोल गरे।

संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुपले स्वर्णिम तारालाई ६–० गोलले हरायो। विजेताका रामशरण उप्रेती र अनिश खड्गीले ह्याट्रिक गरे। अन्नपूर्णले रत्न शिक्षालाई टाइब्रेकरमा ४–२ गोलले हरायो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्