सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय खुल्यो



काठमाडौं, (नेस)।
सिभिल बैंकले गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ। सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभयो।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले संघीय गणतन्त्र नेपालको अवधारणाबमोजिम सिभिल बैंकले प्रदेश कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो।

त्यस्तै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंकले बचतकर्ता तथा उद्योगी, व्यवसायी, ग्राहकको बैंकिङ आवश्यकतालाई केन्द्रबिन्दुमा राख्दै अन्य सम्पूर्र्ण सरोकारवालाको हितलाई ध्यानमा राखी आफ्नो सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्