बजार कब्जा गर्दै नेपाल लाइफ इन्स्योरेन्स



काठमाडौं, (नेस)।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २०५८ साल वैशाख २१ गते कम्पनी ऐन २०५३ र इन्स्योरेन्स ऐन २०४९ बमोजिम पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको हो।

यस कम्पनीको अधिकतम पुँजी एक हजार करोड र चुक्ता पुँजी ५ अर्ब ४९  करोड ६१ लाख रुपियाँ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा  ७२ अर्ब १५ करोड रुपियाँ लगानी रहेको छ। कम्पनीले प्रिमियम आम्दानी ८ अर्ब  ७ करोड रुपियाँ प्राप्त गरेको छ।

कम्पनीले जर्मनीको ह्यानोभर रिलाइफ रिइन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ। यस कम्पनीले हालसम्म वैदेशिक रोजगारीमा गएका बाहेक ११ लाख १० हजार ६ सय ८८ कन्भेन्सनल पोलिसी जारी गरेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई, सञ्चालकहरू रामअवतार अग्रवाल, विवेक अग्रवाल, प्रकाश मुन्दडा, विमलप्रसाद ढकाल, पारुल ढकाल र स्वतन्त्र सञ्चालकमा कमलेशकुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृतमा विवेककुमार झा रहेका छन्।
कम्पनीले ८ वटा इन्स्योरेन्स योजना सञ्चालन गर्दै आएको छ। जसअनुसार ग्रुप इन्स्योरेन्स प्लान, न्यु टर्म लाइफ  र स्मार्ट लाइफ इन्स्योरेन्स रहेका छन्। त्यस्तै जीवन उन्नति प्लान, नौलो धनवर्षा प्लान र नौलो जीवन समृद्धि, जीवन सहारा बीमा र सदाबहार जीवन बीमा रहेका छन्। कम्पनीमा कार्यरत कर्मचारीको संख्या ४ सय ३० रहेको छ।
|
कम्पनीले लगानीकर्ताहरूलाई आर्थिक वर्ष २०७३/०७४ मा बोनस शेयर र नगद गरी ७० दशमलव ५३, आव २०७४/०७५ मा ४८ दशमलव ५० र आव २०७५/०७६ मा ४८ दशमलव ५० प्रतिशत लाभांश प्रदान गरेको छ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा शून्य दशमलव १२ प्रतिशतले बढाएर २० करोड ४४ लाख रुपियाँ पुर्याएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २० करोड ४१ लाख ७० हजार रुपियाँ नाफा गरेको थियो।

त्यस्तै कम्पनीको रिजर्भ फन्ड २७ दशमलव ८३ प्रतिशतले घटेर २ अर्ब ६४ करोड १२ लाख रुपियाँमा रहेको छ। कम्पनीको जीवन बीमा कोष भने ३२ दशमलव ८७ प्रतिशतले बढेको छ भने चुक्ता पुँजी २५ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ६१ लाख रुपियाँ पुगेको छ।

प्रतिशेयर आम्दानी ३ रुपियाँ ६९ पैसाले घटेर १४ रुपियाँ ८८ पैसामा आएको छ। प्रतिशेयर नेटवर्थ १५६ रुपियाँ ६८ पैसा छ।कम्पनीले संस्थागतरूपमा विभिन्न वित्तीय संस्थाहरूसँग रिन्यअल प्रिमियम सहकार्य गरेको छ।

एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, देवः विकास बैंक र प्रभु रेमिटसँग इन्स्योरेन्स पोलेसीमा सहकार्य गरेको छ। यस कम्पनीले शाखा, उपशाखा र अन्य आफ्ना अभिकर्ताहरूको कार्यालयमार्फत गरी १ सय ८७ स्थानबाट देशभर सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्