२१ किलो गाँजासहित पक्राउ



हेटौंडा, (नेस) ।

हेटौंडामा प्रहरीले मंगलबार विहान करिब ४ः३० बजे गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–१०, बसपार्क प्रहरी चौकीबाट खटिएको टोलीले काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसका यात्रीबाट २१ किलो गाँजा बरामद गरेको हो ।

ना. ५ ख ४९० नम्बर यात्रुबाहक बस चेक गर्दा बसका यात्री सुनसरीको इटहरी नपा–१५ बस्ने वर्ष २० का सागर पाण्डे र धादिङको रोराङ नपा–१ बस्ने वर्ष १८ का सोनम तामाङको झोलाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीलाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनीहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म सजाय हुने कानुनी प्रावधान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्