टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गयो



न्युज अफ नेपाल, सुर्खेत ।

सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मङ्गलबार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुुभयो । सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्