मन्दिर तोडफोड



सिन्ध, (एजेन्सीे )।

पाकिस्तानको सिन्ध प्रान्तस्थित एक मन्दिरमा केही व्यक्तिहरुको समूहले आक्रमण गरी तोडफोड गरेको छ। पाकिस्तानी पत्रकार नायला इनायतले उक्त घटनाको तस्वीर सेयर गर्दै सिन्धमा अर्को हिन्दू मन्दिर तोडफोड भएको ट्विट गरेका छन्।

थारपरकरको चाचरोमा भिडले माता रानी भातियानी मन्दिरमा पवित्र मूर्ति र ग्रन्थहरुलाई क्षति पुर्याएको छ। यसअघि सिखहरुको पवित्र स्थल ननकाना साहिब गुरद्वारमा पनि यसै महिना केही व्यक्तिले ढुंगामुढा गरेका थिए। सिखहरुको पवित्र धार्मिकस्थल करतारपुर कोरिडोर खुलेपछि विश्वभरिका ठूलो संख्यामा सिख श्रद्धालु यो वर्ष ननकाना साहिब पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्