ज्ञान निकेतन बास्केटबल आजदेखि



काठमाडौं, (नेस)।

ज्ञान निकेतन माविको आयोजनामा १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। प्रतियोगितामा प्लस २ ब्वाइज र स्कुल ब्वाइजतर्फ जम्मा २४ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी निर्देशक विश्वजित कुँवरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्लस २ ब्वाइजमा १६ तथा स्कुल ब्वाइजतर्फ ८ टिम सहभागी हुने छन्।

स्कुलतर्फ समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन्। माघ २१ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्