बिलीले रचिन् इतिहास ,एकैसाथ ४ ग्रामी अवार्ड



सांगीतिक क्षेत्रमा संसारको सबैभन्दा ठूलो अवार्ड समारोहका रूपमा लिइने ग्रामी अवार्ड २०२० मा १८ वर्षीया अमेरिकी गायिका बिली आइलिसले ४ अवार्ड चुम्दै ग्रामीमा नयाँ इतिहास रचेकी छिन्।
अमेरिकाको लस एन्जलसस्थित स्टेपल्स सेन्टरमा आइतबार आयोजि

त ६२औं अवार्ड समारोहमा उनले उत्कृष्ट नवकलाकार, वर्षको उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्बम र पप भोकल एल्बमसहित ४ ग्रामी अवार्ड चुमेकी हुन्। वर्षको उत्कृष्ट एल्बमको अवार्ड हात पार्ने उनी अहिलेसम्मकै सबैभन्दा कम उमेरकी एकल गायिका सावित भएकी छिन्।

यसअघि टेलर स्वीफ्टले २० वर्षको उमेरमा फियरले एल्बमबाट यो अवार्ड चुमेकी थिइन्। बिली आइलिस एकैपटक वर्षको उत्कृउष्ट रेकर्ड, वर्षको एल्बम, वर्षको गीत र नवकलाकारको अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बनिन्। यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पारेका थिए।

समारोहमा अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाको गीत बिकमिङले अडियो बुक विधामा अवार्ड चुम्दा, लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड चुमेको थियो भने लिजोले युथ हार्टसबाट उत्कृष्ट पप–सोलो पर्फमेन्स र रक पर्फर्मेन्स, दिस ल्यान्डबाट गर्याकी क्लार्क जुनियरले रक गीतको अवार्ड, आर एन्ड बी एल्बमको अवार्ड एन्डरसनले, रक एल्बमको अवार्ड केज द एलिफेन्टले, ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फमेन्स राइडको अवार्ड बिली नेसनको मी ब्याक होमले र र्याप एल्बमको अवार्ड टाइलरले जिते।

प्रतिक्रिया दिनुहोस्