श्वास फेर्न नसक्दा केक खाने प्रतिस्पर्धामा सहभागी एक महिलाको मृत्यु



ऐजेन्सी । अष्ट्रेलियाको क्विन्सल्याण्ड भएको केक खाने प्रतिस्पर्धामा सहभागी एक महिलाको मृत्यु भएको छ । प्रतिस्पर्धामा सहभागी भएकी ६० वर्षिया एक महिलाको घाँटीमा केक अड्किएपछि श्वास फेर्न नसक्दा मृत्यु भएको हो ।

हार्वी बेस्थित बीच हाउस होटलमा भएको प्रतियोगिता जित्नका लागि उक्त महिलाले एकपछि अर्को गर्दै थुप्रै केक एकैपटक मुखमा हालेर खाने प्रयास गरेकी थिइन् । धेरै केक एकैपटक मुखमा हाल्दा श्वासप्रश्वास बन्द भएपछि उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । प्रतियागीता हेर्न आएका मानिसहरुले उनलाई अस्पताल लैजने कोशीस गरेका थिए ।

प्रतियोगीताको बिचमै महिला भुइँमा लडेपछि तुरुन्तै उनको मुबाट केक निकालेर सिपिआर (छातीमा थिच्दै मुखबाट सास दिने प्रक्रिया) दिएर होसमा ल्याउने कोसिस गरिएको थियो । घटनापछि बीच हाउस होटलले फेसबुकमा सूचना पोष्ट गर्दै महिलाको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

अष्ट्रेलिया लगाएत अन्य थुप्रै देशहरुमा विभिन्न खाने प्रतिस्पर्धाहरु हुँदै आइरहेको छ । यस्तो विभिन्न खालका खो प्रतिस्पर्धा पश्तिमा देशहरुमा निकै लोकप्रिय र रोचक मानिने गर्दछ । विजताका लागि विभिन्न प्रकारका पुरस्कारका साथै नगद पुरस्कार समेत छुट्याइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्