महाभियोगमा बहस



वासिंगटन, (एजेन्सी)।

ह्वाइट हाउसका वकिलले सिनेटमा ऐतिहासिक महाअभियोग कारबाहीमा डोनाल्ड ट्रम्पको पक्षमा बहस गरेका छन्।

राष्ट्रपतिले युक्रेनसँगको वार्तामा कुनै गल्ती नगरेको र उनको भाग्यको फैसला कांग्रेसबाट नभई अमेरिकी मतदाताहरुबाट गराउनुपर्ने वकिलले बयानमा बताए।

ह्वाइट हाउसका वकिल प्याट सिपोलोनले यदि सिनेट पनि प्रतिनिधिसभाको मार्गमा जान्छ र अमेरिकाका ४५ औं राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा मतदान गर्नुभनेको पूर्ण रूपमा सत्ताको गैरजिम्मेवारीपूर्ण दुरूपयोग भएको बताए। अमेरिकाको इतिहासमा ट्रम्प विरुद्धकोे यो महाअभियोग तेस्रो हो।

प्रतिक्रिया दिनुहोस्