शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं, (नेस)।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार नेप्से २० दशमलब ७९ अंकले ओरालो लागेर १२७६ दशमलब ६८ बिन्दुमा झरेको छ।

आइतबार सेन्सेटिभ परिसूचकसमेत ४ दशमलब १० ले घटेर २७४ दशमलब ६२ बिन्दुमा झरेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकममा समेत गिरावट आएको छ।कुल १ सय ७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख रुपियाँमा शेयर किनबेच भएको छ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ समूहमध्ये सबै समूहको शेयर ओरालो लागेको छ।
जसमध्ये बैंकिङ १८ दशमलब ४५, व्यापार १६ दशमलब ७३, होटल ३९ दशमलब ८, विकास बैंक २१ दशमलब ३१, जलविद्युत् १८ दशमलब ९६, वित्त १० दशमलब ६७, निर्जीवन बीमा १५१ दशमलब ७४, उत्पादन २६ दशमलब शून्य ५, अन्य ६ दशमलब ७२, लघुवित्त २६ दशमलब ८१, जीवन बीमा १२४ दशमलब ९९ र सामूहिक लगानी कोष शून्य दशमलब शून्य ६ अंकले घटेको छ।

कारोबारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो संस्थाको ८ करोड २६ लाख ४६ हजार रुपियाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै जोसी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलब १७ प्रतिशत कमाएको छन् भने जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलब ५५ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्